[the_ad id="16865"]

चौरासी लाखको लागतमा निर्माण गरिएको पार्क अलपत्र

[the_ad id="16873"]

बर्दिया असोज २५ गते । सरकारी बिजेट औचित्य बिनानै खर्च गर्दा कतिपय लगानीको औचित्य समेत देखिएको छैन । त्यसतै भएको छ सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना बाकेले गुलरिया नगरपालिकाको वडा नं.५ मा निर्माण गरेको पार्क अलपत्र परेको छ ।


गत आर्थिक वर्षमा गुलरियाको पाँच पाण्डव चोकमा निर्माण गरिएको पार्क असार मसान्तमा सम्पन्न भए पनि पार्कमा बाकी कुनै काम भएका छैनन् । वाकेमा रहेको कार्यालयले बर्दियाको गुलरिया स्थित पाँच पाण्डव चोकमा निर्माण गरेको पार्क कार्यालयको लार्पवाहीका कारण अलपत्र परेको हो भने पार्क भित्र विभिन्न किसिमका घासहरु समेत उम्रिएका छन् । पार्कमा जडान गरिएको हाईमास्ट लाइट जडान भएको तिन महिना सम्म पनि लाइट बाल्नका लागी बिजुली सप्लाई हुन सकेको छैन । तिन तिरबाट सामुदायिक बन क्षेत्र रहेका र सडक देखि पश्चिम तर्फ मात्र मानव वस्ति रहेको स्थानमा पार्क निर्माण भएका कारण वन्यजन्तुको जोखिम पनि उत्तिकै देखिन्छ । त्यस क्षेत्रमा चितुवाको आगमन समेत भई रहने भएकाले उत्त पार्कको औचित्य समेत पुष्टि हुन सकेको छैन ।
गत आर्थिक वर्षमा पार्क निर्माणका लागी भादा कन्स्ट्रक्सने भ्याट बाहेक ८४ लाख ५ हजार ९६६ रुपैयाँमा ठेक्का कबोल गरेर पार्क निर्माण गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना बाकेले निर्माण गरेको पार्क असार मसान्त सकिए पछि कुनै पनि कर्मचारीहरू फर्किएर आएका छैनन् भने सरकारको रकम समेत लार्पवाही तरिकाले खचिएको देखिन्छ । वन्यजन्तुको आगमन भई रहने स्थानमा पार्क निर्माण गरेर अझ जोखिम बढाएको स्थानीयको भनाई छ । पार्क निर्माण भएको स्थान नजिकै केही महिना पहिला चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको थियो भने एक ब्यक्ति घाईते भएका थिए ।

गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोलका स्थानीय बासिन्दा जगदीश अधिकारीले पार्क भित्र हाईमास्ट जडान भएको भए पनि अहिले सम्म हाईमास्ट लाइट नबलेको बताउनु भयो । पार्क निर्माण गरेर निर्माण व्यवसायीलाई भुक्तानी दिएको भए पनि पार्कको रेख देख कसले र कसरी हुने भन्ने समेत खुलाइएको छैन । पार्क निर्माणका लागी सम्झौता गरेका स्थानीय भादा कन्स्ट्रक्सन प्रा लीका प्रोप्राइटर जावेद गद्धीले सम्झौता बमोजिमको काम गरेर सम्बन्धित कार्यालयलाई लिखित दिएको बताउनु भयो । पार्क निर्माण गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना बाकेका निमित्त कार्यालय प्रमुख रामकृष्ण आचार्यले पार्क गुलरिया नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भई रहेको र सञ्चालनको जिम्मेवारी समेत नगरपालिकाले लिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search