बर्दिया कार्तिक ८ गते । बर्दियाको गुलरिया नगरपालिका वडा नं.३ खैरी गाउँका स्थानीय पार्वती थारुले सयपत्री फुलको खेती गर्न थालेको पाँच वर्ष पुरा भयो । उहाँले विगत पाँच वर्ष देखि करिब १ बिगाहा क्षेत्रफलमा सयपत्री फुलको खेती गर्दे आउनु भएको छ ।
पार्वतीले उत्पादन गरेको फुल अहिले बर्दिया बाँके कैलाली र बुटवल सम्म निर्यात हुने गर्दछ ।
फुल बिक्री गरेर पार्वतीले सिजन अनुसार १ लाख सम्म आमदानी गर्ने गरेको बताउनु हुन्छ । पहिलो वर्ष आफूले कृषि विज्ञान अध्ययन गर्न सुरु गरे सँगै सयपत्री फुलको खेती गर्न सुरु गरेको उहाँको भनाई छ । गाउँघरमा उत्पादन भएको बस्तु भाउ बिक्री गर्न निकै समस्या हुने गर्दछ । बर्दियाको बजार सानो हुँदा फुल बिक्री र खपतमा समस्या देखिएको भए पनि उहाँ अहिले पनि फुलको व्यवसाय गर्दे आउनु भएको छ ।

निश्चित समयमा फुल बिक्री नभए फुल सबै खसेर नोक्सानी समेत हुने गरेको छ । फुलको व्यापार फुल जस्तै कमलो हुने गरेको उहाँको भनाई छ । सुदूर पश्चिम विश्वविद्यालय स्थानतक तहमा कृषि विज्ञान अध्ययन सकेकी पार्वतीले फुलको व्यापार सँगै स्नातकोत्तरको पढाई सुरु गर्ने योजना भएको बताउनु भयो । पार्वतीको काममा अहिले उनका बुवा र आमाले समेत सहयोग गर्दे आउनु भएको छ । उत्पादन भएको फुलको बजारीकरण गर्न पार्वती आफै जाने गरेको बुवा राम चरन थारुले बताउनु भयो ।
उहाँले भन्नु भयो वार्षिक कुनै भर हुँदैन कहिले एक लाख पनि हुन्छ कहिले अलि बढी पनि हुन्छ । चाडपर्व लक्षित फुलको व्यापार समय हेरेर हुने गर्दछ । चाडपर्वहरू छिटो हुँदा फुल ढिलो फुल्ने र चाड पर्व ढिलो हुँदा पुल चाँडै फुल्ने भएकाले पनि कृषकहरूलाई समस्या भएको छ । पार्वतीका बुवा राम चरनले अहिले फुलको भाउ राम्रो रहेको बताउँदै फुल खरिद गर्न आउने थोक व्यापारीका लागी तीन सय ५० प्रति केजी र खुद्रा बिक्री गर्दा पाँच सय प्रति केजीका दरले बिक्री गर्ने गरेको बताउनु भयो ।
कृषकहरूले उत्पादन गरेको फुलको बजार अझ राम्रो हुन सकेको देखिँदैन कृषकहरूलाई स्थानीय तहरुले बजारीकरणको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।









