[the_ad id="16865"]

निर्माण भएको चार महिनामा नै भासियो हुलाकी सडक

निर्माण भएको चार महिनामा नै भासियो हुलाकी सडक
[the_ad id="16873"]

बर्दिया कार्तिक १९ गते । बर्दियाको गुलरिया देखि वाकेको नेपलगञ्ज सम्म निर्माण गरिएको कालोपत्रे सडक ठाउँ ठाउँमा भासिन सुरु भएको छ । हुलाकी सडक आयोजना बाकेले निर्माण गरेको चार लाईन सडक निर्माण सम्पन्न भएको चार महिना नपुग्दै भासिन सुरु भएको हो ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ८ स्थित बरमेली टोल मा पर्ने सडक खण्ड भासिए पछि दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । चार महिना पहिला नै सडक निर्माण सम्पन्न भएको भए पनि सडक भासिए पछि जोखिम उत्त सडकमा सञ्चालन हुने सवारी साधन सञ्चालन गर्न बढेको हो । सयौँ सवारी साधन सञ्चालन हुने गुलरिया नेपलगञ्ज सडकको बर्दिया तर्फ बरमेली टोलमा सडक भासिए पछि दुर्घटनाको जोखिम उच्च देखिएको छ ।

बढैयाताल गाउँपालिका वडा नं.८ बरेमेलीटोलका स्थानीय शिव हरी गौतमले सडक निर्माण भएको केही समयमा सडक भासिएर जोखिम बढेको बताउनु भयो । उहाँले भन्नु भयो भासिएको ठाउँ पनि देखिँदैन । बढैयाताल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले सडकमा जोखिम बढे पछि आफूले एक महिना अगावै हुलाकी सडक आयोजनालाई जानकारी गराएको गराएको बताउनु भयो ।
सडक भासिन थाले पछि उत्त स्थानमा हुलाकी सडक आयोजना बा केले दुर्घटना न्यूनीकरण गर्नका लागी बोर्ड समेत लगाएको छ । सडक भासिएको स्थानमा पहिला कलभर्ट भएर सडक भासिएको आयोजनाले दाबी गरेको छ । हुलाकी सडक अयाोजना वाकेका आयोजना कार्यान्वयन ईकाई प्रमुख लीला बहादुर भण्डारीले सडक निर्माणको जिम्मेवारी लिएको शर्मा एन्ड कम्पनीलाई जानकारी गराएर मर्मत गर्न भनिएको बताउनु भयो ।
बर्दियाको सदरमुकामलाई वाके सँग जोडने गुलरिया नेपालगन्ज सडक निर्माणका लागि २०७९ भदौ २६ गते हुलाकी सडक आयोजना बाँके र शर्मा एन्ड कम्पनी काठमाडौँ बिच ठेक्का सम्झौता भएको थियो । काम सुरु भएको २८ किलोमिटर सडक समयावधि अगावै सम्पन्न भए पछि स्याबासी पाएको शर्मा एन्ड कम्पनीले सडक भासिन थाले पछि सडकमा कमसल सामाग्री प्रयोग भएको हुन सक्ने आङ्कलन गरिएको छ । ०८२ को मङ्सिर २८ गते सम्म सम्पन्न भई सक्नु पर्ने सडक समयावधि भन्दा ६ महिना अगावै काम सम्पन्न भएको थियो ।
उत्त सडक निर्माण लागी मूल्य अभिवृद्धि कर सहित तिन अर्ब १५ करोडको लागतमा करिब १२ किलोमिटर चार लेन र करिब १६ किलोमिटर डेडिकेटेड डवल लेन सडक निर्माणका लागि शर्मा एन्ड कम्पनी सँग ठेक्का सम्झौता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search