[the_ad id="16865"]

गुलरियामा चोरीको क्रम बढ्दो

[the_ad id="16873"]

गुलरिया बजार आसपास लगातार दुई दिन चोरी भएको छ । मंगलबार र बुधबार राति लगातार दुई ठाउँमा चोरी भएको हो ।

मंगलबार राति गुलरिया नगरपालिका–४ तुलापुर चोकमा रहेको हमाल किराना पसलको ताल्चा फुटाई नगद रु ६५ हजारसहित सामान र बुधबार राति गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तिका चार घरका धारा एकैरात चोरी भएको छ ।

गुलरियामा लगातार चोरी हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।
सर्जुनदी टपरा बस्तिका बाढी पिडितको निर्माणधिन घरका धारा बुधबार राति चोरी भएको छ । उर्मिला गुप्ता, जहुर धोबी, सकिल पठान र मंगल बिकको घरको धारा चोरी भएको छ ।

विस २०७१ सालको साउन अन्तिम साता आएको बाढीले गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोलमा अधिकांशको घर बगाएको थियो । अहिले सर्जुनदी टपरा बस्तिबाट करिब पाँच सय मिटर दक्षिण तर्फ गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा २७ जना बाढी पिडितहरुको मात्र घर निर्माण भईरहेको छ ।

निर्माणधिन घरमा लगाईएका धारा चोरी हुँदा बिहीबार निर्माणको काममा समस्या भएको उर्मिला गुप्ताले बताईन् । ‘राति धारा चोरी भयो’ गुप्ताले भनिन्,‘बिहान ८ बजे घर बनाई रहेका मिस्त्री आए, टाढाको धाराबाट पानी ल्याएर काम चलायौं ।’ चितुवा सधैं बस्ति पस्ने आक्रमण गर्ने भएकोले निर्माणधिन घरमा कोही पनि नबसेको गुप्ताले सुनाईन् ।

निर्माणधिन घरमा सधैं जस्तै बिहान पानी हाल्न आउँदा धारा नभएको जहुर धोबीले बताए । छिमेकीलाई जानकारी गराउँदा अरुको पनि धारा गायव भएको खुल्यो । छिमेकीमा लगाईएका ६ वटा धारा मध्ये ४ वटा मात्र धारा चोरी भएको धोबीले जानकारी दिए ।

फरक समाचार बाट साभार

करिब डेढ महिना अघिबाट चोरी नभएका धारा बुधबार राति एक्कासी चोरी हुँदा पिडितहरु दुखी भएका छन् । छानी छानी घरका धारा गायव हुनु शंकास्पद विषय रहेको पिडितहरु बताउँछन् ।

चोरीमा संलग्न रहेका व्यक्तिहरुलाई समाउन सक्रियताका साथ व्यापक रुपमा प्रहरी परिचालन भईसकेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘चोरीमा संलग्न रहेको व्यक्तिलाई नियन्त्रणमा लिन सिभिलमा पनि प्रहरी खटिएका छन्’ डिएसपी बोहराले भने,‘चोरी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search