[the_ad id="16865"]

जातिय छुवाछुत तथा भेदभाव उन्मुलन गर्न अन्तर्कृया

[the_ad id="16873"]

ज्याेति पन्थी बर्दिया जेठ २१ ।

जातीय छुवाछूत मुक्त राष्ट्र घोषण को १७ बर्ष जातीय छुवाछूत तथा भेदभाव उन्मुलन गर्नका लागि सरोकार वालाहरु को भुमिका बिषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भयकाे छ । दलित महिला संघ बर्दियाकाे सहकार्य र जिल्ला प्रहरी कार्यालय बर्दियाकाे आयाेजनामा सम्पन्न उक्त कार्यक्रममा करिव 70 जनाकाे उपस्थिति रहेकाे थियाे ।

जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमममा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, जिल्ला प्रहरि कार्यालय बर्दियाका प्रहरी उपरिक्षक बिरेन्द्र शाही गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह , बार एसाेसियसन बर्दियाका अध्यक्ष कमल पाण्डे लगायकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा उपस्थित भयकाहरूले सरकारले कानुन बनाय पनि समाजमा अहिले पनि जातिय छुवाछुत कायमै रहेकाे बतायका थिय । कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले समाजमा बिभेद कम गर्नका लागि नगरपालिकाले वडा तहमा विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरि रहेकाे बताउनु भयाे ।

दलित महिला संघ बर्दियाले सहकार्य गरेकाे अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेश सापकाेटा र अधिवक्ता लक्ष्मि नेपालले छुट्टा छुट्टै कार्यपत्र पेश गर्नुभयकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search