[the_ad id="16865"]

जिरी पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट’ ३ दिने र्‍याली

[the_ad id="16873"]

 

काठमाडौँ । दोलखाको जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली सुरु गरिएको छ । नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्‍यालीको आयोजना गरिएको हो । नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मूल नाराका साथ ३ दिने बुलेट र्‍यालीको शुक्रबार गरिएको छ ।

काठमाडौँदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिनुभयो । शनिबार जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ ।

जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्का अनुसार यो र्‍यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउनेमा विश्वस्त रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो ।

२० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरी तर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search