[the_ad id="16865"]

शिक्षक तथा कर्मचारीका लागि लेखा सम्बन्धी अभिमुखीकरण सम्पन्न

शिक्षक तथा कर्मचारीका लागि लेखा सम्बन्धी अभिमुखीकरण सम्पन्न
[the_ad id="16873"]

शितल थापा
भदौ, बर्दिया । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले जिल्लाका विभिन्न पालिकाका विभिन्न विद्यालयहरुमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई लेखा सम्बन्धी अभिमुखीकरण गरेको छ । गत श्रावण १२ गते संघको बैठकले शिक्षकहरुको पेशागत विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पहिलो कार्यक्रम अन्र्तगत भाद्र १ गते राजापुर नगरपालिका र गेरुवा गाउँपालिका अन्र्तगतका सम्पूर्ण आधारभुत र माध्यमिक विद्यालयका प्रधानाध्यापक, लेखा सम्बन्धी कामकाज गर्ने शिक्षक हरुलाई एकदिने लेखा सम्बन्धी अभिमुखीकरण गरिएको नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधवराज ढकालले जानकारी दिनु भएको छ ।

दोस्रो चरणको कार्यक्रम अन्र्तगत भाद्र ८ गते मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका अन्र्तगतका विद्यालयहरुमा उत्साहजनक उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी शिक्षकहरुको उल्लेख्य सहभागीता रह्यो । बद्री प्रकाश चौधरीले सहजीकरण गरेको कार्यक्रम नेपाल शिक्षक संघ बर्दियाका सचिव नारायण प्रसाद पौडेलले गर्नु भएको हो ।

शिक्षकहरुको शुद्ध पेशागत क्षमता विकास कार्यक्रमका लागि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँगाउँ र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय ढोडरीले सभाहल र आवस्यक प्रशिक्षण सामाग्री उपलब्ध गराई सहयोग पुर्याएकोमा विद्यालय परिवार प्रति शिक्षक संघ बर्दियाले हाभार ब्यक्त गरेको छ । प्रशिक्षण अभियान निरन्तर जारी रहेने भएकोले अन्य विद्यालयहरुमा क्रमशः गरिदै लगिने अध्यक्ष ढकालले बताउनु भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संघले गर्ने कार्यक्रमहरुमा उत्साहजनक तरिकाले सहयोग गरी हौसला दिन अध्यक्ष ढकालको आग्रह छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

One thought on “शिक्षक तथा कर्मचारीका लागि लेखा सम्बन्धी अभिमुखीकरण सम्पन्न

  1. पेसागत क्षमता विकासका कार्यक्रम गरेकोमा नेपाल शिक्षक संघ बर्दियालाई धन्यवाद

Comments are closed.

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search